Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

गाउँपालिका स्तरीय समिक्षा बैठक सम्पन्न


दैलेख  :  गाउँपालिका स्तरीय समन्वय तथा समिक्षा बैठक सम्पन्न भएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गरिएका विभिन्न कार्यक्रमको समिक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा,एकल महिला, र घरेलु हिंसामा परेका महिलाहरुलाई आय आर्यजमा जोड्ने उद्देश्यले संचालन भएको कार्यक्रमले हाल सम्म गरेका कामको प्रगति समिक्षा समेत गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खेमराज वलीले परियोजना र गाउँपालिकाको समन्वयमा कोरोना महामारीका कारण रोजगारीमा गुमाएका युवाहरुलाई आय आर्जनमा जोड्न परियोजनाले धेरै सहयोग गरेको बताए । उनले युवाहरुलाई आय आर्जनमा जोड्न गाउँपालिकाको ५१ लाख र परियोजना मार्फत एक करोड ३० लाख रकम खर्च गर्न लागेको भन्दै अहिले सम्म गरेका काम उत्कृष्ट भएको बताए । हामीले युवाहरुलाई आय आर्जनमा जोड्न आलु,मुला,भाजी,काउली,कृषक समुहलाई हाते ट्याक्टर,र बाख्रा पालन समुहमा रहेकालाई २÷२का दरले बाख्रा वितरण गरेका छौ त्यस बाट कृषकले राम्रो आम्दानी गर्ने बाटो खुलेको बताए ।
समिक्षा कार्यक्रममा गुराँस गाउँपालिका वडा नः ५ का वडा अध्यक्ष सुरेन्द्र कुमार महताराले कार्यक्रमले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई आय आर्जनमा सघाएको भन्दै आयोजक संस्थालाई धन्यबाद दिएका छन ।
महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोना महामारीका कारण स्वदेश फर्केका युवा,महिलाहरुलाई लक्षित गरी यो कार्यक्रम संचालन भएको बताईन । उनले आफ्नै देशमा पनि राम्रो आय आर्जन गर्न सकिन्छ र अर्काको देश जानु पर्छ भन्ने मान्यतालाई तोड्नका लागी यो कार्यक्रम प्रभावकारी भएको बताइन ।