Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

सुस्तश्रवण बालबालिकालाई न्यानो कपडा वितरण


दैलेख  :  नारायण नगरपालिका वडा नः ६मा रहेको रेडक्रस माद्यामिक विद्यालयमा अध्यापन गर्ने सुूस्तश्रवण भएका बालकालिकालाई न्यानो कपडा बिवतरण गरिएको छ ।अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नारायण नगरपालिका महिला बालबालिका तथा जेष्ठनागरिक शाखाको सहयोगमा ११ जना बालवालिकालाई न्यानो कपडा बिवतरण गरिएको छ ।

न्यानो कपडा वितरण गर्दै नारायण नगरपालिकाका उप प्रमुख साबित्रि मल्लले सूस्तश्रवण भएका बालबालिकालाई सबैले सहयोग र सम्मान गर्नु पर्ने बताइन । उनले फरक क्षमता भएकै भरमा शिक्षक,बालकालिका र अभिभावक र अन्य कसैले पनि दुव्र्यवहार गर्न नुहने बताइन । नारायण नगरपालिकाले महिला तथा बालबालिकाकाका क्षेत्रमा धेरै काम गरेको बताउदै उनले आगामी दिनमा समेत बालबालिकालाई गर्ने सहयोग नगर सरकार बाट प्राप्त हुने विश्वास दिलाईन ।

विद्यालयका प्रधानध्यापक हिरामणी न्यौपाने जिल्लाभर सुस्तश्रवण भएका बालबालिकाले अध्ययन गर्ने एक मात्र विद्यालय रेडक्रस भएको भन्दै त्यस तर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जुरुरी भएको बताए । उनले सुस्तश्रवण भएका बालकालिका पढाउने जिम्मा दिएको भएपनि अहिले सम्म शिक्षकको दरबन्दी नभएका कारण अन्य शिक्षकलाई तालीम गराएर बालबालिकालाई अध्यापन गराइरहेको बताए ।