Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

लैङ्गीक हिंसा सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न


दैलेख  :  लैङ्गीक हिंसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ सुरु भएको लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । नौमुले गाउँपालिका वडा नः ३ द्धारीको आयोजना र ग्रामिण जलस्रोत परियोजना, खानेपानी सरसफाई स्वच्छता प्रर्वद्धन परियोजना ,एभरेष्ट क्लव,सुआहारा र किसान २ परियोजनाको आर्थिक सहयोगमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्वकला प्रतियोगितामा मञ्जु बराई प्रथम,इन्द्र लामिछाने दितिय र गोपी बराई तीतृय भएका छन ।

वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि नौमुले गाउँपालिकाका उपाध्यक्ष अमृता सिहले लैङ्गीक हिंसा अन्त्यका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताईन । उनले अहिले पनि महिला माथी दिनहु हिंसा हुने गरेको भन्दै त्यसको अन्त्यका लागि स्थानीय सरकार लागि परेको बताईन ।

नौमुले गाउँपालिका वडा नः ३ का अध्यक्ष गगन बहादुर रोकामगरले लैङ्गीक हिंसा अन्त्यका लागि वडामा विभिन्न अभियानहश्ररु संचालन भइरहेको बताए ।उनले वडा कार्यलय मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै महिला माथी हुने हिंसा,बालविवाह ,बुहविवाह जस्ता कार्यहरुलाई पुर्ण रुपमा अन्त्य गर्न लागेको बताए ।

वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा भैरव मावि नौमुलेका प्रधानध्यापक नगेन्द्र सिह,कर्ण बहादुर तारामी र नौमुले गाउँपालिका महिला शाखा प्रमुख रमा थापा रहेका थिए ।