Loading... आजः सोमवार, असार ७, २०७८
Trending

नेपाल भर थपिए एक हजार ४९० जना सङ्क्रमित

काठमाडौँ  :  नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ ।

आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १७ लाख ५४ हजार ६३० परीक्षण भइसकेको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ५४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार १६१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२।३४ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

error: Content is protected !!