Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

भ्यु–टावर अवलोकन गर्न शुल्क निर्धारण


दैलेख  :  गुराँसे गाउँपालिकामा वडा नः ५ मा निर्माण गरिएको भ्युटावर अवलोकन गर्ने शुल्क निर्धारण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि दृश्यावलोकन गर्न उपयुक्त स्थानको रुपमा रहेको भ्युटावर अवलोकन गर्न २० रुपैया शुल्क निर्धारण गरिएको छ ।

भ्युटावरको रेखदेख गर्ने जिम्मा पाएको सरस्वती सामुदायिक बन उपभोक्ता समितिले भ्युटावर अवलोकन गर्न शुल्क निर्धारण गरेको छ । पाँच वर्ष मुनिका बालक र ७० वर्ष माथी पुगेको जेष्ठ नागरिकलाई भ्युटार अवलोकन गर्न निशुल्क व्यवस्था गरेपनि अन्य सर्वसाधरण र विद्यार्थीका लागि भने शुल्क निर्धारण गरिएको सरस्वती सामुदायिक बन उपभोक्ता समितिले जानकारी दिएको छ ।
सरस्वती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष निराजन कुमार बिसीले विद्यार्थीलाई भ्युवाटर अवलोकन गर्न १५ रुपिया र अन्य सर्वसाधरणका लागि २० रुपिया शुल्क निर्धारण गरेको बताए । उनल भने विद्यार्थीले आफ्नो खुल्ने परिचय कार्ड अनिवार्य बोक्नु पर्ने अन्यथा २० रुपैया शुल्क तिर्नु पर्ने छ ।
जिल्लाको अब्बल पर्यटकीय गन्तब्य बनाउने र पर्यटक भित्र्याउने उदेश्यले कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरर्गत डिभिजन वन कार्यालयको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा सरस्वती सामुदायिक वनमा ६१ लाख ९५ हजारको लागतमा भ्यू टावर निर्माण गरिएको थियो । आ.व. ०७५÷०७६ मा २७ लाख ७५ हजार र आ.व. ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यू टावर निर्माणमा खर्च गरिएको छ । त्यसमध्ये स्थानीयले ५ लाख ७० हजार बराबर जनश्रमदान गरेर भ्युवाटर निर्माण गरिएको थियो ।

अध्यक्ष बिसीले भ्युवाटर निर्माण गरेपनि त्यसमा आवश्यक रंङरोगन,शौचालय निर्माण निर्माण भइनसकेको अवस्थामा भ्युटावर अवलोकन गर्ने बाट शुल्क उठाएर बाँकी रहेका संरचना निर्माण गर्ने बताए । उनले भने त्यहाको सरसफाई गर्ने र आवश्यक संरचना निर्माण गर्ने उद्देश्यले डिभिजन बन कार्यालय,गुराँस गाउँपालिका र सरस्वति सामुदायिक बन उपभोक्ता समिति बिच समन्वय गरेर शुल्क निर्धारण गरेका हौँ ।

हाल भ्यू टावर निर्माण, घेरबार, गुराँसको रुख निर्माण तथा पत्थर विछ्याउने कार्य सकिएको छ । एक मौषममा मात्रै फुल्ने गुराँसलाई बाह्रै महिनासम्म झल्काउने गरी गुराँसको रुख नै बनाइएको छ । गुराँस फुलको रुख संगै बिरुवामा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति समेत निर्माण गरिएको छ ।