Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

दुर्घटना न्युनीकरण गर्न सवारी चालक संग एक मिनेट अभियान


सुर्खेत :  जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले विभिन्न प्रकारका सवारीचालकहरु सँग एक मिनेट कार्यक्रमको सुरुवात गरेको छ । कर्णाली प्रदेशको राजधानि समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा सवारीहरुको चाप सँगै दुर्घटना पनि बढेकोले दुर्घटना न्युनिकरणको लागि उक्त कर्यक्रम सञ्चालन गरिएको हो ।

सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यले मंगलबार वीरेन्द्रनगरका मुख्य सवारी आवज÷जावज हुने स्थानहरुमा दुर्घटना न्युनिकरणका लागि चालकसंग एकमिनेट कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले भने ‘सवारी चालकले ट्राफिक नियमको पुर्ण रुपमा पालना नगरि धेरै जस्तो मोटोरसाइक, अटोजस्ता सवारी चालकले जथाभावि नियम उलंघन तथा लापवार्ही गरि चलाएकोले दुर्घटना बढेको हुदाँ यस्को न्युनिकरणको लागि सबैलाइ सहयोग गर्न आग्रह समेत गर्दछु ।
कार्यक्रमको पहिलो दिनमा केही सवारीचालकले ट्राफिक नियमको पालना नगरि जथाभावि बाटो काट्ने, ओभरट्याक गर्ने गरेको पाइएकोले त्यस्ता चालकलाइ ट्राफिक सिङ्गनल, साइन तथा नियम समबन्धि सुझाव तथा जानकारी दिइएको छ ।एक हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन आज वीरेन्द्रनगरका मुख्य चौकहरु मंगलगढी, यरीचौक, बसपार्क, वीरेन्द्रनगर चौकमा चालकसँग एकमिनेट कार्यक्रम सञ्चालन गरिएको छ ।साभार नेपाली रैवार