Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

नेकपा सचिवालयको बैठक सम्पन्न, दुई अध्यक्षको प्रस्ताव बुधबार छलफल हुने


काठमाडौ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छुट्टाछुट्टै प्रस्तावमा केन्द्रित भएर छलफल शुरुभएको प्रवक्ता श्रेष्ठले बताए । बोल्नेक्रम जारी रहेकाले बुधबार पुनः १ बजे बालुवाटारमा बस्नेगरी आजको बैठक सम्पन्न भएको उनले बताए।
अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्ताव पेश गरेका थिए भने त्यसको जवाफसहितको प्रस्ताव अध्यक्ष ओलीले मंसिर १३ गते पेश गरेका थिए । आजको बैठकमा दुई अध्यक्षले आफ्नो धारणा राखेपछि सचिवालयका केही सदस्यहरुले पनि धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए ।
मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाइएकाले भोली नै सचिवालय बैठक राखिएको प्रवक्ता श्रेष्ठले बताए । पार्टीको समस्या पहिचान गरी निदान गर्नेगरी छलफल शुरुभएकाले निस्कर्षमा पुगिने उहाँले विश्वास व्यक्त गरे ।