Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

नेपालभर एक हजार ३०४ जना सङ्क्रमित थपिए


काठमाडौँ  :  नेपालमा कोरोना भाइरसका एक हजार ३०४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ६३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२।७८ प्रतिशतमा उक्लेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६१६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।