Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

दैलेखका सात स्थानीय तहमा १५ शैय्या अस्पतालको शिलन्यास


दैलेख :  नेपाल सरकारले देशभरका ३९६ वटा पालिकामा ५/१० र १५ शैय्याको अस्पताल शिलन्यास गर्ने लक्ष्य अनुरुप दैलेखका सात स्थानीय तहमा १५ शैय्याको अस्पतालको शिलन्यास गरिएको छ । दैलेखको भैरवी गाउँपालिका ,चामुण्डाबिन्द्रासैनी नगरपालिका र आठबिस नगरपालिकामा,ठाटिकाँध गाउँपालिका,नौमुले गाउँपालिका,गुराँस गाउँपालिका,महावु गाउँपालिकामा १५ शैय्याको अस्पतालको शिलन्यास गरिएको हो ।

 

आठबिस नगरपालिकाको वडा नः ४ राकमकर्णाली,भैरवी गाउँपालिकाको सिलङगी,चामुण्डासबिन्द्रासैनी नगरपालिकाको वडा नः ८ बिन्द्रासैनीमा को लकान्द्र प्राथामिक स्वास्थ्य केन्द्र,नौमुले प्राथामिक स्वास्थ्य केन्द, गुराँस सेरीबाडा हेल्थपोष्ट बराहमा र महावु गाउँपालिकाको रानीबन हेल्थपोष्टलाई १५ शैय्याको अस्पतालको रुपमा स्तरउन्नी गर्न शिलन्यास गरिएको छ ।

भैरवी गाउँपालिकाको सिलङगीमा निर्माण हुन लागेको १५ शैय्या अस्पतालको शिलन्यास गर्दै कर्णाली प्रदेश सभाका सांसद शुशिल कुमार थापाले अव मुलुक समृद्धिको यात्रामा अगाडी बढेको बताएका छन । उनले कोरोना महामारीका कारण प्रयाप्त मात्रमा बजेट नभएको अवस्थामा समेत सरकारले देशभरका तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरेको भन्दै बर्तमान सरकारलाई धन्यबाद दिए । उनले शिक्षा स्वास्थ्य खानेपानी र पुर्बधारका काहरुले गति लिए संगै भैरवी गाउँपालिका समुन्नत गाउँपालिका तर्फ उन्मुख रहेको बताए । उनले यो आर्थिक वर्षमा माथील्लो डुगेश्वर हुदै कालिकोट सम्म जोड्ने सकडमा २९ करोड भन्दा बढि बजेट विनियोजन भएको र अव टेन्डरको प्रक्रियामा अगाडी गएको बताए ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले जनताका आधारभुत आवश्यकतालाई पुरा गर्न स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार लागि परेको बताए । उनले निर्वाचनको बेला पार्टी केन्द्रले घोषणा पत्रमा राखेको १५ शैय्याको अस्पताल आज शिलन्यास गरिएको बताउदै घोषणा पत्रमा उल्लेख गरेका कुरा आफ्नै कार्यकालमा सम्पन हुने विश्वास समेत दिएका छन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले १५ शैया अस्पताल निर्माणका लागि संघिय सरकार मार्फत १८ करोड भन्दा बढि रकम बिनियोजन भएको बताए । उनले क्रमागत रुपमा दुई वर्ष भित्र निर्माण सम्पन गर्ने लक्ष्य अनुरुप शिलन्यासको काम भएको बताए  । उनले १५ शैय्याको अस्पताल निर्माण गर्न जग्गादान गर्ने जग्गादाता प्रेम बहादुर थापाको परिवारलाई सम्मान समेत गरिएको बताए ।


त्यस्तै आठबिस नगरपालिका वडा नः ४ राकमकर्णालीमा निर्माण हुने १५ शैय्या अस्पतालको नगर प्रमुख खड्कराज उपाध्याले शिलन्यास गरेका छन । १५ शैय्या अस्पतालको शिलन्यास गरेका छन । १५ शैय्या अस्पतालको शिलन्यास गर्दै नगर प्रमुख प्रमुख उपाध्यायले कोहि नागरिकहरु स्वास्थ्य उपचारबाट बन्चित भइ अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउन दिने उद्देश्यले नेपाल सरकारले देशभरका स्थानीय तहमा अस्पताल निर्माण गर्ने निति अनुरुप अस्पतालको शिलन्यास गरिएको बताए ।

उनले बर्तमान केपी शर्मा ओलीको सरकारले प्रत्येक नागरिकलाई संबिधानमा व्यवस्था भएको स्वास्थ्यउपचारको हकलाई सुनिश्चिता गर्दै १५ शैय्याको अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरेको भन्दै नेपाल सरकारलाई धन्यबाद दिएका छन । उनले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश सरकारको समन्वयमा राकमकर्णाली नजिकै १ सय शैय्याको ट्रमा सेन्टर निर्माण लक्ष्य अनुरुप काम भइरहेको बताए ।

उनले भने ट्रमा सेन्टर स्थापना र १५ शैय्याको अस्पताल निर्माण भएपछि कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउनु नपर्ने बताए । उनले अस्पताल निर्माण भए संगै दैलेखको पश्चिम क्षेत्रमात्र होईन सिंगो कर्णाली र सुदुरपश्चिम प्रदेशको अक्षाम जिल्लाका नागरिकले सेवा पाउने बताए ।

त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नगरपालिका वडा नम्बर ८ को लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकी नजिकै अस्पतालको भवनको शिलान्यास गरिएको हो । अस्पतालको सोमबार नगर प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गरेका हुन । अस्पतालको शिलान्यास गर्दै प्रमुख शाहीले कोहि नागरिकहरु स्वास्थ्य उपचारबाट बन्चित भइ अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । साथै आगामि दिनमा अस्पतालको स्तर वृद्धि गरी स्तरिय स्वास्थ्य सेवा नगरपालिकलाई प्रदान गर्ने बताए ।

स्थानीय तहको निर्वाचनको क्रममा पार्टीले तयार घोषणा पत्रका अनुसार १५ शैय्याको अस्पताल निर्माण सुरु भएको र बाँकी रहेका सबै काम आफ्नै कार्यकालमा निर्माण बताएका छन । उनले स्थानीय तहको चुनावी घोषण पत्रमा नै आफुले बिन्द्रासैनी क्षेत्रमा स्वास्थ्यलाई प्रथामिकता दिएको भन्दै शाहीले त्यो सफल भएको र अब आवश्यक स्वास्थयकर्मीको व्यवस्थापनमा लाग्ने बताए ।नगर अस्पतालको भवन २ करोड ४० लागत निर्माण हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिलक विकले जानकारी दिए ।