Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

आठ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्लामा एह जार पाँच मेट्रिक टन बचत

..

दैलेख  :  जिल्लामा एक हजार पाँच मेट्रिकटन खाद्यान्न बचत हुने भएको छ । जिल्लामा रहेको २ लाख ९३ हजार १८६ जनसंख्याको आधारमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो । आर्थिक बर्ष ०७६।०७७ मा ५६ हजार ६८२ मेट्रिकटन खाद्यान्न आवश्यक मध्ये ५५ हजार ६७७ मेट्रिकटन खाद्यान्न उत्पादन भए संगैै एक हजार पाँच मेट्रिक टन खाद्यान्न बचत भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

कृषि कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डले जिल्लाभर ४४ हजार २६८ मेट्रिकटन मकै,२६ हजार ३३६ मेट्रिकटन धान,२४ हजार ५७० मेट्रिकटन गहुँ २ हजार ७६० मेट्रिकटन कोदो,ती सय १३ मेट्रिकटन फापर उत्पादन भएको जानकारी दिए । उनले २०६८को जनगणना अनुसार २ लाख ६१ हजार ७७० जनसंख्यालाई खाद्यान्न पुगेर १ हजार ५ मेट्रिकटन खाद्यान्न बचत हुने कार्यालयले प्रक्षेपण गरेको बताए
अघिल्लो आर्थिक वर्षहरुमा ८ हजार मेट्रिक टन भन्दा बढि खाद्यान्न अपुग हुने जिल्ला दैलेख भएपनि यो वर्ष बाझो जमिन पनि खेती गरेपछि उत्पादनको परिणाम ह्वातै बढेको बताए । उनले कोरोना महामारी कारण नेपाल फर्केकाहरुले बाझो जमिनलाई सदुपयोग गरेपछि उत्पादन बढेको र यो वर्ष एक हजार पाँच मेट्रिक टन बचत हुने अवस्था आएको बताए ।
उनका अनुसार धान २४ हजार २५४ मेट्रिक टन मकै४३हजार २६५ गहुं १५हजार १५ मेट्रिक टन कोदो दुई हजार ६७० आलु ११ हजार २५ मेट्रिक टन,दलहन,छ सय ९५ मेट्रिक टन,तेलहन ११ सय ४२ मेट्रिक टन,फलफुल स्याउ,तीन सय ५९मेट्रिक टन ,सुन्तलाजात छ हजार ५६९र अन्य आंप, केरा तीन २०८ मेट्रिक टन र तरकारी १६ हजार ८२४ मेट्रिक टन उत्पादन भएको छ ।