Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

कोरोना महामारीले रोकिएको पंञ्चकर्म र शिरोधारा सेवा पुन सुचारु


दैलेख  : नारायण नगरपालिका वडा न ः ३ मा रहेको बेलासपुर आयुर्वेद औषधालयले पंञ्चकर्म र शिरोधारा सेवा पुन सुचारु गरेको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनपछि ८ महिना रोकिएको पंञ्चकर्म र शिरोधारा सेवा पुन सुचारु गरेको बेलासपुर आयुर्वेद औषधालयका कार्यालय प्रमुख कविराज राजीवकुमार भारतीले जानकारी दिए। उनले कोरोना महामारी बढेपछि सरकारले गरेको लकडाउन अवधिमा जरुरी सेवा चल्दै आएको भएपनि आइतवारदेखि सबै सेवा पूर्वत सुरु भएको बताए ।
औषधालय सञ्चालन गर्न सहजताका लागि नारायण नगरपालिका वडा नं. १ का वडासदस्य रमेशकुमार केसीले ८५ हजार रुपैंयाँको निजी लगानीमा ग्रील, आत्मुनियम र सीसा जडित नाम दर्ता कक्षा निर्माण गरिदिएका छन ।
औषधालयका प्रमुखले कार्यालयमा नाम दर्ता गर्ने कोठा अभाव भएको भन्ने गुनासो गरेपछि आफूले सहयोग गरेको वडासदस्य केसीले बताए ।

आइतवार नै उक्त नाम दर्ता कक्षको उद्घाटन वडासदस्य केसीबाटै गरिएको छ । नारायण नगरपालिका वडा नं. ३ का कार्यबाहक वडाध्यक्ष हर्कबहादुर नेपालीले वडासदस्य रमेशकुमार केसीले गरेको समाज सेवाको उच्च प्रशंसा गर्दै कदरपत्रले सम्मान गरिएको छ । कार्यबाहक वडा अध्यक्ष नेपालीले बेलासपुर औषधालय बाट अझै राम्रो सेवा दिने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्ने बताए । उनले भने औषधालयका लागि भनेर नगरपालिका बाट बजेट विनियोजन गरेको भएपनि अहिले कोरोना महामारीका कारण प्रयाप्त बजेट भएन अर्को वर्ष बजेट विनियोजन गर्न लगाएर अझै सेवा प्रवाहलाई राम्रो बनाउने प्रतिबद्धता ब्यत्तः गरेका छन ।