Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

विश्व पावर लिफ्टिङमा सहभागी हुने श्रुति कार्कीलाई सामाजिक मन्त्रीले गरे विधाई


दैलेख :  भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्कीलाई विधाई गरिएको छ ।नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी एक्ली महिला कार्कीलाई सामाजिक विकास मन्त्री दल रावलले सफलताको शुभकामनासहित विधाई गरेका हुन् ।

भारतको मुम्बईमा हुन लागेको प्रतियोगितामा नेपालबाट कार्कीसहित पाँच खेलाडी सहभागी जनाउँदै छन् । कार्कीलाई विधाई गर्दै मन्त्री रावलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर जितेर स्वदेश फर्किन शुभकामना दिए । उनले प्रतियोगितामा मेडल ल्याएपछि दुई लाख पुरस्कार मन्त्रालयले प्रदान गर्ने प्रतिवद्धता जनाए । प्रतियोगितामा विश्वका २० राष्ट्रका खेलाडीहरुले सहभागी जनाउनेछन् ।

कार्की सोमबार बुटवलहुँदै गोरखपुरबाट राजधानी ट्रेनमा १६ गते प्रस्थान गर्नेछिन । भारत जाँदा आउँदाको सबै खर्च भने मिडवेस्टर्न फिटनेस सेन्टर व्यहोर्ने सञ्चालक प्रमोद हमालले जानकारी दिए । फोटा नेपाली रैवार