Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

चिल ठोकिए पछि नुवाकोटमा आपतकालीन अवतरण


पोखरा :बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएर दुर्घटना हुन बाट बचेको छ । काठमाडौंका लागि उडेको कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएको थियो ।
चिल ठोक्किएर सिसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो । गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताए । ‘हेलिकोप्टरमा एक्कसि चिल ठोक्कियो, पाइलटले सुरक्षित रुपमा फोर्स ल्याण्डिङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौं । भण्डारीले भने ।