Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

छाउगोठ भत्काइए, सेवा सुविधा रोक्न सकेनन् स्थानीय सरकारले


दैलेख  : गत वर्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत,प्रतिनिधि सभा सांसद राजबहादुर बुढा,पार्वती विशुन्के,रबिन्द्र शर्मा,मन्त्रालयका सचिव लगाएतको टोलीले जिल्लाको पश्चिम क्षेत्रमा छाउँ बार्ने गोठ भत्काउदै स्थानीय सरकारका प्रमुख उप प्रमुखहरुले अव छाउँ वार्नेलाई सरकारी सेवा सुबिधा कटौती गरेर पनि छाउँपडि प्रथा उल्मुलन गर्ने घोषणा नै गरे । स्थानीय सरकारका प्रमुखहरुले छाउँपडि प्रथाउल्मुलनका लागि कठोर निर्णय सुनाए पछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पनि खुसी भए ।

उनले भाषणमै भने छाउँपडि प्रथाका कारण धेरै महिला तथा किशोरीले अकालमै ज्यान गुमाउनु परेको खवर सुन्न नपर्ने भयो स्थानीय सरकारले त्यसको अगुवाई गरे सम्भव छ । तर मन्त्री काठमाडौँ फर्किएपछि केही दिन प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारले गोठ भत्काएपनि सरकारी सेवा सुविधा रोक्ने नारा एक्कासी तुहियो । कतै भत्काइएका गोठहरु निर्माण गरिए भने कतै छाप्रोमा बस्न सुरुभयो ।

छाउँपडि गोठ भत्काइए पनि सरकारी सेवा सुविधा रोक्न स्थानीय सरकारलाई चुनौती नै भयो । मन्त्रीका अगाडी छाउ वार्नेलाई सेवा सुविधा रोक्ने भाषण गरेका स्थानीय सरकारका प्रमुखहरु एकाएक पछाडी हटे त्यसको प्रमुख कारण भनेको आगामी निर्वाचन हो । निर्वाचनमा आफ्नो दललाई मत्र नआउने मात्र होईन पुरै मत परिणाम फेरबदल हुने डरले उनीहरुले उक्त निर्णय बाट पछाडी हटेका हुन ।

आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले नगरपालिकाका अधिकाँसले छाउँ वार्ने चलन भएका कारण सरकारी सेवा सुविधा बाट बञ्चित गर्न नसकेको बताए । उनले सबैको सरकारी सेवा रोक्ने हो भने सबै आएर नगरपालिकानै घेर्ने र त्यसले अर्को समस्या सिर्जना हुने भएपछि सरकारी सेवा रोक्न नसकिएको बताए । उनले भने छाउँगोठ भत्काउने बेला प्रहरीको सहयोगमा उहाँहरुले सम्झाईयो त्यसपछि त्यसको नियमित अनुगमन गर्न सकिएको छैन । नगरपालिकामा रहेका कर्मचारी बाट यो अभियान सुरु गर्न प्रयत्न गरिरहेको बताए । उनले छाउँ वार्ने कर्मचारीलाई स्पष्टिकरण सम्म सोध्ने गरेका छौ त्यसो गरेको खण्डमा विस्तारै छाउँ वार्ने प्रथा न्युनीकरण हुनेमा आफुहरु विस्वस्त भएका छौ ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले जनचेतनाको अभावका कारण छाउँ वार्ने प्रथा समस्यामा रुपमा रहिराखेको बताए । उनले गाउँपालिका बाटै निति निर्माण गरेर छाउँ वार्ने प्रथा हटाउनका लागि छाउँ वार्नेलाई सरकारी सेवा नदिने कार्यविधि निर्माण गरौँ भन्दा त्यसले राजनैतिक रुपमा मुद्धा बनाउने समस्याका डरले त्यो पनि गर्न नसकेको बताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले छाउँ प्रथा वार्नेलाई सरकारी सेवा रोक्ने भन्दा पनि उहाँहरुलाई थप सम्झाउने काम नगरपालिकाले गरेको बताए । उनले नगरपालिकाको स्वास्थ्य शाखा बाट विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेको बताए । उनले भने बिगतमा भन्दा गोठमा बस्ने महिलाहरुको संख्या कम भएको छ विस्तारै यो अभियानले सफलता प्राप्त गर्छ ।
जिल्लाका ११ स्थानीय विशेष गरीमहावु गाउँपालिका,आठबिस नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,आठविस नगरपालिका,ठाटिकाँध गाउँपालिका,भैरवी,दुल्लु नगरपालिका,गुराँस गाउँपालिकामा यो प्रथा वार्ने चलन रहदै आएको छ ।