Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

रोजगारी गुमाएका युवालाई अनुदानमा बाख्रा वितरण

दैलेख :  कोरोना महामारीका कारण विभिन्न मुलुक बाट फर्किएका युवालाई आयआर्जनमा जोड्नका लागि अनुदानमा बाख्रा वितरण गरिएको छ । नेपाल कृषि विकास कार्यक्रम(प्रयास)को आर्थिक सहयोग र नारायण नगरपालिकाको समन्वयमा नगरपालिकाका ११ वडाका २० जना युवालाई बाख्रा वितरण गरिएको हो ।

नारायण नगरपालिकाका पशु शाखा प्रमुख चित्र बहादुर प्याकुरेलले बिदेश बाट फर्किएका युवालाई र आयआर्जनमा जोड्का लागि पहिलो चरणमा तीन वटाका दरले २० जना युवालाई बाख्रा वितरण गरेको बताए । उनले बाख्रा वितरण संगै दाना खुवाउने मेसिन गरेर प्रतिव्यक्ति ५५ हजार बरावरको अनुदान दिइएको छ । यस अघि नगरपालिकाले प्रदेश सांसद अम्मर बहादुर थापाले खर्च गर्ने कृषि बजेट बाट एक सय सय ३६ वटा भैसी वितरण गरिएको बताए ।

error: Content is protected !!