Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्रका गोपीचन्द्र पार्कीलाई

नेपालगञ्ज  :  छैठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन ।

नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भएका छन । उनी निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छिन । शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उनले उपाधि जितेकी हुन । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्ने भएकी छिन ।

दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरेकी छिन । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जितेकी हुन

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गगरेकी छिन । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेकी थिईन । उनले १० हजार रुपैयाँ पाउने छिन ।