Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

वीरेन्द्रनगरका चार सहकारी मर्ज


सुर्खेत :  वीरेन्द्रनगरमा रहेका चार ओटा सहकारी समायोजन (मर्ज) भएका छन् । समायोजन हुने सहकारीहरुमा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, पञ्चज्योति बचत तथा ऋण सहकारी संस्था, आफन्त ग्रामिण कृषी तथा पशुपालन सहकारी संस्था र जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था हुन् ।

समायोजन पश्चात नाम भने पञ्चज्योति आफन्त जनमैत्री सेवा केन्द्र राखिएको छ । गत असोज २२ गते सहकारी विभागबाट स्वीकृत पाएपछि सहकारी मर्जको अभियान अघि बढाइएको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर विसीले जानकारी दिए । चार वटै सहकारी संस्थाको पूर्वत् कार्य क्षेत्रका नगरिकहरुलाई सेवा दिने उद्देश्यले सहकारी समायोजन गरेको विसीले बताए ।साभार नेपाली रैवार

error: Content is protected !!