Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

मृत अवस्थामा पुरूषकाे सव फेला


कृष्णप्रसाद अधिकारी
दैलेख :दैलेखमा एक जना पुरूषकाे शव फेला परेकाे छ ।
नारायण नगरपालिका वडा न. २ कुसाडा बस्ने खडक बहादुर रानाको छोरा ३४ बर्षिका राज कुमार राना असाेेज २२ गते देखी हराईएकाे भन्ने सुचनाका अाधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले खोजतलास गर्दा उनकाे कार्तिक २८ गते साझ मात्र शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । २२ गते हराएका रानाकाे जिल्ला दैलेख नारायण नगरपालिका वडा न.-०२ त्याजे खोला स्थित मृत अवस्थामा ३८ दिन पछि शव फेला परेकाे जिल्ला प्रहरी दैलेखका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले बताए । उनका अनुसार प्रहरी टोली घटनास्थलमा खटी गई मृतक लासको घटनास्थल लासजाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव दाहसंस्कारको लागी आफन्तको जिम्मा लगाईएको छ । सो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान प्रक्रिया भईरहेको छ । उनकाे मानसिक सन्तुलन ठिक नभएको बुझन्न अाएकाे जानकारी दिएका छन ।

error: Content is protected !!