Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीमा काेराेनाले  थप एककाे मृत्युु 

दैलेख: कर्णाली प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ६० वर्षीय पुरुषको मृत्यु भएको समाजिक विकास मन्त्रालय कर्णालीले जानकारी दिएको छ । यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार ती पुरुषको कात्तिक २३ गते स्वाब नमुना संकलन गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा रहँदा स्वास फेर्न कठिनाई भएपछि उनलाई कात्तिक २४ गते राती प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेकाले उनलाई आकस्मिक तथा अन्य आवश्यक उपचारहरू गरिएको अस्पताल स्रोतले जनाएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको बिहान ४ बजे मृत्यु भएको थियो ।