वामदेव गौतमको मन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं : सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको पक्षमा मुद्दा सर्वोच्चले अदालतमा सुनुवाइ गरेको छ। उपाध्यक्ष गौतमको पक्षमा निर्णय भएपछि उनी अब मन्त्री बन्न पाउने बाटो खुलेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ गरेका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्ठले राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत असोज १२ मा छुट्टाछुट्टै रिट दायर गरेका थिए। दुवै रिटमाथि संयुक्त रूपमा सुनुवाइ भएको हो।
दशैंअघि दुई दिनसम्म बहस भए पनि कानुन व्यवसायी धेरै भएका कारण बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। न्यायाधीश डा आनन्दमोहन भट्टराईको एक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो।
उक्त इजलासले सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा रिट निवेदनलाई संवैधानिक इजलासमा पठाएको थियो।