Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

दैलेखमा जीप दुर्घटना,तीन घाइते


दैलेख :  मध्यपहाडी लोकमार्गको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ फलाकाँधमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा चामुण्डाविन्द्रासैनी–१ का ४२ वर्षीय डीला विक, २२ वर्षीय लक्ष्मी विक र ३२ वर्षीय पदम नेपाली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
सुर्खेतबाट चामुण्डा जाँदै गरेको भे १ त १९१८ नम्बरको जीप गएराती ११ बजे दुर्घटना भएको प्रहरी चौकी चामुण्डाका सइ मोहन पुजराले जानकारी दिए ।उनले घाइतेको उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको जानकारी दिए । गुडिरहेको जीपको हेडलाइट एक्काशी बन्द भएको र बनाउने क्रममा आफै अघि बढ्दा सडकमा पल्टिएको बताइएको छ । फाइल फोटा 

error: Content is protected !!