Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

कोरोनाबाट दैलेखकी एक महिलाको बाँकेमा मृत्यु

दैलेख : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दैलेखकी ४४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।

उनको मंगलबार बिहान साढे आठ बजे मृत्यु भएपनि पीसीआर रिपोर्ट अपराह्न चार बजे मात्रै आएको थियो।

दैलेखको नारायण नगरपालिका वडा नं २ की ती महिला स्वास्थ्यमा समस्या आएपछि कात्तिक २४ गते ९सोमबार० मेडिकल कलेज कोहलपुर आएकी थिइन्। उनको मंगलबार स्वाब संकलन गरिएको थियो। कोरोना पुष्टि हुनुअघि नै उनको मृत्यु भएको हो। योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ।