छाउँपडि प्रथा र महिलाले भुग्नुपरेका समस्या
महिनावारी भनेको महिलाहरूमा मासिक रूपमा हुने रक्त स्राव हो । महिनावारीलाई एक साहित्यको शव्द्धमा भन्नु पर्दा महिलाहरू फुल फुलेको अवस्था भन्न सकिन्छ । खास प्रजनन स्वास्थ्यको दृष्ट्रिकोणले महिला बच्चा जन्माउनका लागि योग्य भएको अवस्थालाई जनाउने गर्दछ ।
महिनावारी हुँदा महिलाहरूलाई मानिसिक र शारीरिक रूपमा पनि प्रभाव पार्दछ महिनावारी हुने केही समय अगाडी नै मुड परिवर्तन हुने ,हताश, जस्तो चिड चिडावट हुने ,बोलीका ठेगान नहुने ,कति बेला खुसी लाग्ने कति बेला दुखी भई रुन मन लाग्ने,गाली गरेको जस्तो लाग्ने,पेट दुख्ने,ढाड दुख्ने , शरीर लुलो हुने जस्तो शारीरिक र मनोवैज्ञानिक दुवै पक्ष वाट सहज प्रक्रिया त होइन भने यस अवस्थालाई रुढिवादि संस्कारको जग बाट आध्यात्मिक वादी चिन्तनले गर्दा विभिन्न लाल छाना,बाहान देउता रिसाउने डर त्रासका कारण महिलाहरूलाई छाउपडी कटेरा वा घर भन्दा बाहिर असुरक्षित ठाउँमा राख्ने ,दही दूध खान नदिने ,घर भाँडाकुँडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ भने सुत्केरी तथा रजस्वला भएकी महिलाहरूलाई झन् सफा राख्नका लागि प्रशस्त पानी,पोसिलो खाना र आराम गर्नु पर्ने अवस्थामा झनै छाउपडी कटेरामा बस्नु पर्ने वाध्यात्मकता रहेको अवस्था छ ।
रूढिवादी अन्धविश्वासका कारण रजश्वाला भएका महिलाहरूले छोएको खण्डमा वा लसपस भएमा अशुद्ध हुन्छ भन्ने सुनपानीको छिटा बनाएर हाल्ने,गौँत खुवाउन र कुल देवतालाई चोख्याउन धजा लगाउने जस्ता चलन हामी सामु रहेका छन् । प्राचिन काल देखि चलिआएको परम्परालाई लत्त्याएर महिला महिनावारी तथा सुत्केरी भएको बेलामा छुइ छाइ गरेमा कुल देवता रिसाउने , परिवारमा हानी ,आँखा टाउको दुख्ने ,खान मन नलाग्ने,शरीर शुक्दै जाने,फलफूल तथा अन्नबाली नफल्ने ,घरमा सर्प वा बाघ आउने जस्ता अन्धविश्वास रहेका छन् ।
महिनावारी सम्बन्धी अन्धबिश्वासहरु
महिनावारी पूर्व जन्मको पाप हो ,महिनावारी हुँदाको रगत फोहर हो ,महिनावारी हुँदा लोग्ने मानिस लार्ई छुनु हुँदैन ,महिनावारी हुँदा मन्दिर जानु हुँदैन ,महिनावारी हुँदा खाना पकाउनु हुँदैन ,महिनावारी हुँदा दूध दही खानु हुँदैन ,महिनावारी हुँदा गोठमा सुत्नु पर्छ ,महिनावारी हुँदा धेरै लुगा लगाउनु पर्छ ,महिनावारी हुँदा फलफूल छुनु हुँदैन ,महिनावारी हुँदा धामी धमेनी लाई छुनु हुँदैन ,धारो, पधेरो, पानी छुनु हुँदैन ,मन्दिर भएको बाटो हिँड्नु हुँदैन,गाई भैँसी छुनु हुँदैन
कारण
महिनावारीको रगतलाई सहजरुपमा व्यवस्थापन गर्न जानकारी नहुन‘,सफा बस्नलाई कपडा र सफा पानीको व्यवस्थापन नहुन‘,महिलाका कुरा परिवारको प्राथमिकतामा नपर्नु,लाज, घिन र अशुद्ध,अशुभ भएको मान्ने ,अछुतो, पापको परिणामको रूपमा मान्नु,महिनावारीको बारेमा गलत बुझाई , अन्याय÷ स्वार्थपूर्ण साेंच,हानिकारक सामाजिक प्रथा परम्परा,धार्मिक ग्रन्थहरूमा गलत व्याख्याका कारण छुई तथा छाउपडीका कारण जस्तो कि छाउपडी असुरक्षित भएकाले विभिन्न विकृति तथा घटनाको महिलाहरू सिकार भइरहेका छन् । जस्तो कि छाउपडी बसेका बेलामा बलात्कार हुने , रगतको गन्धका कारण सर्प आउने र डस्ने खुल्ला ठाउँ भएकाले बाग भालु जस्ता जङ्गली जनवारको डर हुने ,चिसोको कारण कठयाङग्रियर र आगो ताप्दा हावा पास हुने ठाउँ नपाइ निसास्सिएर मर्ने , बढी रक्तस्राव भएर मर्ने जस्ता विभिन्न घटनाहरू सञ्चार माध्यममा दिनहुँ जस्तो आउने गरेका हुन्छन् ।
असर
पश्चिम नेपालको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा छुइ र छाउपडी प्रथा धार्मिक ,सांस्कृतिक , रूढिवादी संस्कारका आडमा सम्पूर्ण महिलाहरू माथि हुने अमानवीय व्यवहार वा हिंसा मानव अधिकारको विरुद्धमा रहेका छन् । महिलाहरूलाई दूध दही जस्ता तागत लाग्ने खानेकुरा छुन र खान पाइँदैन ,प्रयाप्त लता कपडा ,ओच्छयान सर समान दिइँदैन , कैसैलाइ छुन सम्म हुँदैन र बोट बिरुवामा फुलेका पुलहरूलाई देवता ,भगमान चढाउने परम्परा रहेको छ भने सुत्केरी वा महिनावारी भएका वेला महिलाहरूको प्रजनन अङ्गबाट निस्कने रातो रगत उनी अछुत हुने यसका असर निम्न रहेको छ ,महिलाहरू आफ्नो जीवनकालमा करिब १० वर्ष छाउ गोठमा त्रासमय जीवन बिताएका हुन्छन् ,छाउगोठ ढोका नभएको हुँदा यौन हिंसा हुने, बलात्कार हुने,जङ्गली जनावरको आक्रमण हुने, विषालु सर्प र किराले टोक्ने, छाउगोठ अति साँघुरो र झ्याल नभएको हुँदा जाडोको कारण आगो बाल्ने र निसास्सिएर मर्ने जस्ता असर हाम्रो समाजमा देखा परिरहेका छन् । १० वर्षमा १४ जना महिला र किशोरीहरूको ज्यान गएको हामी सामु जगजाहेर रहेको छ । प्राय महिनावारी धर्म देवता समाज अवस्था हेरी १ दिन देखि ७ दिन सम्म पनि बार्ने चलन छ जसका कारण स्वयम महिला ,घरपरिवार ,समाज हुँदै राज्यलाई सम्म असर पारेको देखिन्छ ।
राज्य र स्थानीय तहको भूमिका
लामो समय देखि यस क्षेत्र दैलेख जिल्लामा क्रियाशील विभिन्न सङ्घ संस्थाका भएका प्रयासका कारण यस क्षेत्रमा केही छुई तथा छाउपडी सवाललाई उजागर गरी न्यूनीकरणका लागि भएका उल्लेखनीय सुधारका बावजुद छाउपडी प्रथा जस्तो भेदभाव पूर्ण व्यवहारका विरुद्ध सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ सालमा सर्वोच्च अदालतले निर्णय न७५३१ परमादेशसहितको फैसला छ । छाउपडी उन्मुलन निर्देशिका २०६४ छ र मुलुकी अचारसंहिता २०७४ले भेदभाव तथा अपमान जन्य व्यवहार अन्तरगत छाउपडीलाई राखेको छ । छाउपडी प्रथालाई कुरीति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागु गर्न आदेश जारी गरेको छ जसका कारण यो सवाल उजागर गरी समाज रूपान्तरण तथा परिवर्तनका क्षेत्रमा एक महत्त्व पुन कोशे ढुङ्गा साबित भएको महसुस भएको छ ।
फैसलामा भनिएको छ ।
– महिलाहरूलाई छाउपडी गोठमा पठाउने प्रथालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुरुती घोषणा गर्नु पर्ने ।
(ख) स्वास्थ्य मन्त्रालयले चिकित्सकहरू समेत भएको एक अध्ययन समिति बनाइ यस प्रथा वाट महिला र बालबालिकामा पर्ने असर र समाधानका उपायको पहिचान गर्नु पर्ने,
ग) छाउपडी प्रथा विरुद्ध सार्वजनिक चेतना जगाउन स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय परिचालन गर्नु पर्ने,
(घ) महिला बालबालिका मन्त्रालयले महिलामाथि हुने यस प्रकारको विभेद अन्त्य गर्न निर्देशिका बनाइ जारी गर्नु पर्ने ।
समाधानका उपाय
सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नेपाल सरकारको (तत्कालीन श्री ५ को सरकार) मिति २०६३ वैशाख २६ गतेको निर्णयले यस प्रथालाई कुरीति भनी घोषणा गरी सकेको छ । तर विषयको गाम्भिर्यता लाइ दृष्टिगत गर्दा परम्परादेखि मान्दै आएको अन्धविश्वास अनि कुरीतिको साथै महिला माथि हुने विभिन्न प्रकारका भेदभावपूर्ण व्यवहारको परिणाम स्वरूप जन्मिएको यस प्रथाको अन्त्य एउटा घोषणाले मात्र हुन नसक्ने भएको हुँदा यसको समाधानका लागि राज्य, नागरिक समाज, पीडित तथा पिडक सबैको सामूहिक र सहयोगी प्रयास हुनु नितान्त आवश्यक छ । तसर्थ सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै नेपाल सरकारले यो निर्देशिका बनाएको छ र हाल नेपालको संविधान २०७२ को धारा ३८ मा पनि व्यवस्थापन गरेको छ ।
नेपालको संविधान २०७२ को धारा ३८ मा व्यवस्थापन भए बमोजिम महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।
डन्ड नेपालको कानुनले छाउपडी प्रथालाई मान्यता दिनु अपराधको रूपमा मानेको छ । कसैले छाउपडीमा बसेमा वा बसाएमा तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ । डन्ड महिला रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा यस्तै अन्य कुनै किसिमको भेदभाव ,छुवाछुत वा अमानवीय व्यवहार गर्नु हुँदैन ।
कार्यान्वयन
समुदाय स्तरमा सामाजिक कुरीतिका कारण छुई तथा छाउपडी प्रथाले गहिरो प्रभाव परेको देखिन्छ यस प्रथाका कारण महिला किशोरी देउताको डर र त्रासका कारण प्रजनन उमेर भित्र १० देखि १२ वर्ष घर भन्दा बाहिर कटेरा वा खुल्ला आकाश मुनी त्रासमय जीवन जिउन बाधा रहेका थिए भने हाल सरकारी गैर सरकारी संस्थाहरूको पहल अभियानहरूको प्रभाव कारण हाल क्रमशः न्यूनीकरण हुँदै आएको छ हिजोको दिनमा ७ दिन ९ दिन छुइ बार्ने महिलाहरू हाल ५ दिन देखि १ दिन सम्म बार्ने र केही महिलाहरू नबार्ने अवस्थामा पुगेका छन् पहिले भन्दा हाल पोसिलो खाना दिने घरमा सुत्ने महिलाहरूको संख्या वृद्धि भएको छ ।
यस छुइ तथा छाउपडी प्रथालाई सरकारले सामाजिक कुरीतिको रूपमा घोषणा गरेको छ र नेपालको संविधान २०७२ को धारा ३८ मा व्यवस्थापन भए बमोजिम महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । ३ महिना जेल र ३००० जरिमाना लगायत सरकारी कर्मचारी भएमा थप तिन महिना कैद गरी छ महिना कैद सजाय तोकेको छ । हाल देशव्यापी रूपमा अभियान गर्ने सन्दर्भ हाल गृह मन्त्रालयको आदेश अनुसार सुदूर र कर्णाली प्रदेशका १९ जिल्ला जुम्ला कालिकोट ,मुगु,हुम्ला ,डोल्पा ,दैलेख ,जाजरकोट ,सल्यान , सुर्खेत ,रुकुम ,बाजुरा ,बझाङ ,दार्चुला ,अछाम ,डोटी ,डडेलधुरा ,कैलाली र कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको छ र यी जिल्लामा ५ हजारको हाराहारीमा छाउगोठ रहेको अनुमान गरिएको छ भने १ महिनाको अवधिमा १ हजार ८ सय छाउगोठ भत्काइ सकेको अवस्था छ यसले गर्दा समुदायमा कसैले सकारात्मक विश्लेषण गरेका छन् भने कसैले नकारात्मक विश्लेषण गरेका छन् यसले गर्दा सबै समुदायमा हलचल त ल्याएको छ तर पनि महिनावारीको बारेमा रुढिवादि संस्कारका कारण महिलाहरू छाउपडी कटेरामा बस्न बाध्य भएका छन् ।
जन्मे देखि नै हुर्कने कर्ममा विभिन्न नकारात्मक गतिविधि स्वास्थानि वत्रकथा ,पञ्चमी बर्त ,देउता पुज्ने जस्ता गर्दा डर र त्रासमय जीवन जिउँदै आएका कारण उनीहरूको दिमागी मानस पटलमा नकारात्मक सोचले भरिएकाले यसलाई न्यूनीकरण गर्नका लागि सम्पूर्ण वडा , गाउँ पालिका , नगरपालिकाहरुले महिनावारी के हो ,किन बार्ने चलन गरियो ,कति देखि कति उमेर सम्म हुन्छ यसलाई कसरी व्यवस्थित गराउने ,महिनावारी भएको समयमा विद्यालय ,लगायत सामाजिक ठाउँमा जाँदा के हुन्छ वा हुँदैन ,सरसफाइ कसरी गर्ने ,प्याड व्यवस्थापन र कति समयमा फेर्ने बारेमा कार्य योजना तयार गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।
सुनिता चन्द
मध्य पश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर कर्णाली प्रदेश सुर्खेत
प्रथम सेम स्टार