Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

कोरोना संक्रमण संक्रमितको संख्या ६ हजार नाघ्यो, १६ जनाको मृत्यु

५ हजार २ सय डिस्चार्ज

दैलेख  : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार नाघेको हो । दैलेख अस्पताल प्रयोगशाला, प्रदेश अस्पताल पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५७ जना पुगेको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४०, दैलेखमा आठ, जुम्लामा एक, कालिकोटमा एक, जाजरकोटमा एक र अन्य प्रदेशका दुईजना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाशाखाका अनुसार कर्णालीका १० जिल्ला मध्ये सबै भन्दा धेरै सुर्खेतमा दुई हजार छ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखमा एक हजार पाँच सय १५, हुम्लामा ३४, मुगुमा ३२, डोल्पामा १५, जुम्लामा तीन सय २७, कालिकोटमा तीन सय छ, जाजरकोटमा एक सय आठ, रुकुम पश्चिममा एक सय ८० र सल्यानमा पाँच सय २० जनामा संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशका चार सय १७ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत एवं जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो २४ घन्टामा चारजना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या ५ हजार २ सय ६७ पुगेको छ ।

हाल कर्णालीमा कोरोनाको सक्रिय संक्रमितको संख्या सात सय ९० छ । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ छ ।