Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

१२ जनामा संङक्रमण पुष्टि, ७८ जना डिस्चार्ज

...


दैलेख  : कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको छ । १२ जनामा संङक्रमण पुष्टि, ७८ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । आइतवार संक्रमित हुनेहरुमा दैलेखका पाँच, रुकुमपश्चिमका तीन, सुर्खेतका दुई, जाजरकोटका एक र अन्य प्रदेशका एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृतले जानकारी दिए ।

उनकाअनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार आठ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज हुँदा डिस्चार्ज हुनेको संख्या पाँच हजार ३६ पुगेको बताइएको छ ।

error: Content is protected !!