Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु


दैलेख  :  कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भए संगै कर्णाली प्रदेशमा कोरोना संङक्रमण बाट मुत्यु हुनेको संख्या १६ पुगेको छ । उनको गएराति ११ बजे मृत्यु भएको हो । उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याएको एक घण्टामै उनको मृत्यु भएको कोरोना फोकल प्रशन डा नवराज केसीले जानकारी दिए ।

‘दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइड भनेर उपचार गरिएको रहेछ, औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो,’ केसीले भने, ‘तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्‍याइएको थियो ।

तीन दिन अगाडि मात्रै ति युवाको पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा केसीले जानकारी दिए ।

error: Content is protected !!