Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

टी ट्वान्टीमा एक हजार छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान क्रिस गेल

काठमाडौ :  वेष्टइन्डिजका अलराउण्डर क्रिस गेल टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का लगाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान बनाएका छन । राजस्थान रोयल विरुद्धको खेलमा कात्र्तिक त्यागिको बलमा छक्का प्रहार गर्दै उनले उक्त उपलब्धीको उचाईमा पुगेका हुन । । टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने उहाँ एकल ब्याट्सम्यान भएका छन ।
ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत उहाँ अग्रिम स्थानमा छन । दोस्रो सर्वाधिक रन बनाउने वेष्टइन्डिजकै अलराउण्डर क्यारन पोलार्डभन्दा उनी तीन हजार बढी रन जोडेका छन । । क्यारन पोलार्डले हालसम्म ६९० छक्का प्रहार गरेका थिए । क्रिकेटको टी ट्वान्टी स्वरुपमा तेस्रो सर्वाधिक छक्का प्रहार गर्नुहुने खेलाडी न्युजिल्याण्डका विकेटकीपर ब्याट्सम्यान ब्राण्डन म्याक्कलम हुनु । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसक्नुभएका उनले हालसम्म ४८५ छक्का लगाएका छन । टी ट्वान्टीमा उहाँले पहिलो पटक जमैकाका लागि खेल्दै स्टान्फोर्ड विरुद्ध सन् २००६ मा छक्का प्रहार गगरेका थिए । टी ट्वान्टी स्वरुपमै उनले एक हजार ४१ चौका समेत लगाएका छन ।
क्रिस गेलले इन्डियन प्रिमियर लिगमा मात्रै ३४९ छक्का लगाएका छन । टी ट्वान्टी लिगमा कुनै एक ब्याट्सम्यानले प्रहार गरेको यो सर्वाधिक छक्का हो । क्यारेबियन प्रिमियर लिगमा उनले १३२ र टी ट्वान्टी विश्वकपमा ६० छक्का लगाएका छन । । जुन कुनै पनि ब्याट्सम्यानभन्दा बढी हो ।
रोयल च्यालेन्जर्स बैंग्लौरमा आबद्ध रहँदासम्म उनले २६३ छक्का लगाएका थिए । । कुनै एक टिममा आबद्ध भई लगाइएको यो सर्वाधिक छक्का हो । सन् २०१५ मा उनले आफ्नो क्रिकेट जिवनकै सबैभन्दा बढी छक्का प्रहार गरे । उक्त खेल सत्रमा उहाँले १३५ छक्का लगाएका छन । त्यसअघि सन् २०१२ मा उनले १२१ छक्का लगाएका थिए । सन् २०१४ लाई हटाउँदा उनले सन् २०११ देखि २०१७ सम्म प्रत्येक वर्ष एक सयभन्दा बढी पटक छक्का लगाएका थिए ।
बङ्गलादेश प्रिमियर लिगमा उनले एकै खेलमा १८ छक्का लगाएर अर्को कीर्तिमान बनाएका छन । लिगको फाइनलमा ढाका डाइनामाइट्सको प्रतिनिधित्व गरी उक्त कीर्तिमान बनाएका हुन । क्रिस गेलले १८ पटक टी ट्वान्टीको प्रत्येक खेलमा दशभन्दा बढी छक्का लगाएका छन जुन कीर्तिमान मात्र उनको नाममा छ ।