Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जाजरकोटमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

जाजरकोट :  सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका ६ जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

छेडागाड नगरपालिका(१० धारामा दुर्घटना ग्रस्त हुँदा कुशे ६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। डिजेल बोकेर गएको ट्याक्टर आज बिहान दुर्घटनाग्रस्त भएको हो। जाजरकोटमा पेट्रोलियम पदार्थको डिपो नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ।फाइल तस्बिर