Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

दुई हजार ५०८ थपिदा,दुई हजार २६४ सङ्क्रमणमुक्त


काठमाडौं :  नेपालमा कोरोनाभाइरसका दुई हजार ५०८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार ७४३ पुगेको छ । हाल ३८ ह्जार ५८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।  मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३१ हजार २२२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

error: Content is protected !!