Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु


दैलेख  : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ९ सय २० जना पुगेको छ।

शुक्रबार देशभर पछिल्लो २४ घण्टामा थप ३५ सय १७ सय जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६३५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ छ।