Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

देशभर थप पाँच हजार ७४३ जनामा कोरोना संङक्रमण पुष्टि


काठमाडौं  :  नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् । क्वारेन्टिनमा चार हजार ६५ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ९९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९९ हजार ६०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।