कोरोना बढेपछि अत्यावश्यक सेवा बाहेक सबै बन्द
दैलेख : जिल्लामा कोरोना संङक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डिसीसिएमसी)बैठकले सदरमुकाम समेत रहेको नारायणसहित अन्य पालिकाहरुमा संक्रिय संक्रमितको संख्या बढ्दै गएपछि बजारमा रहेको अत्यावश्यक बाहेकका पेशा व्यवसायहरु दैनिक विहान ७ बजेदेखि ११ बजेसम्म खुल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार यो नियम सरस्वती मावि तर्ताङ्गदेखी कलेलचौक, भैसेखोरसम्म लागु हुनेछ । तर इन्धन, औषधी पसल, खाद्यन्न, फलफूल, दुध डेरी र एग्रोभेट सञ्चालनमा भने समय तालिका लागू नहुने प्रजिअ सुनारको भनाई छ । कोरोनाको संक्रमण जिल्लास्थित सरकारी, संस्थान, संघसंस्था र बैँक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा देखिएकाले आवश्यक जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु असोज १५ गतेसम्मका बन्द गर्ने केन्द्रले निर्णय समेत गरेको छ ।
‘दैलेख सदरमुकामको बजार क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह र अन्य स्थानीय तहबाट दैलेख बजारमा अत्यावश्यक काम बाहेक आवागमन रोक गर्ने समेत निर्णय गरेको प्रजिअ सुनारले बताए । उनले सार्वजनिक सवारी आवत जावतमा भने कुनै रोकावाट गरिने छैन् । दैलेखमा हालसम्म कोरोना संक्रमितको कुल संख्या एक हजार दुई सय ५३ पुगेको छ भने एक हजार २० ले कोरोना जितेर डिस्चार्ज भएका छन् । एक सय २९ जना भने जिल्लाका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । नारायण नगरपालिकामा मात्र संक्रिय संङक्र्रमितको संख्या ९९ रहेको छ ।