Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

कर्मचारीमा कोरोना संङक्रमण देखिए पछि धमाधम सिल हुँदै सरकारी कार्यालय


दैलेख :  कोरोना भाइरस संङक्रमणको दर उच्च हुँदा यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना संङक्रमण पुष्टि भएपछि यहाँका तीन कार्यालय सिल गरिएको हो । नारायण नगरपालिका,स्वास्थ्य सेवा कार्यालय,शिक्षा विकास तथा समन्वय एकाइ सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालय भएका कारण आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि संङक्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जानकारी दिएका छन् । नारायण नगरपालिका एक हप्ता ,स्वास्थ्य सेवा कार्यालय चार दिन र शिक्षा विकास तथा समन्वय एकाइ एक साताका लागि सिल गरिएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैक एक हप्ता सिल गरेर पुन सुचारु भएको छ भने सेन्चुरी बैक पनि सिल गरेर पुन सञ्चालन गरिएको छ ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम बुढाले दसैँ तिहारको नजिकमा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि समस्या उत्पन्न भएको बताए । उनले कर्मचारीको तलब समेत खुवाउन सक्ने वातावरण नभएको भन्दै कार्यालयको मुल गेटमा तला लगाएर कर्मचारीको तलब हाल्न लागेको बताए । उनले यो विषम परिस्थीतिमा कर्मचारीको तलब खुवाउने बाहेक अन्य सबै कामहरू ठप्प भएको बताए ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर निरञ्जन पन्तले स्थानीय नागरिकको लापारवाहीका कारण कोरोना संङक्रमण जोखिम कायम रहेको बताए । उनले कोरोनाको लक्षण देखिएका बिरामी समेत जानकारी नदिएर ओपिडीमा चेक गर्न आएका कारण एक जना चिकित्सकमा र ११ जना स्वास्थ्यकर्मीमा कोरोना संङक्रमण देखिएको बताए । उनले कोरोना संङक्रमणको जोखिम कम गर्ने बाध्य भएर चार दिनका लागि इमरजेन्सी बाहेक सबै सेवा बन्द गरिएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखलाई नै कोरोना संङक्रमण पुष्टि भएपछि कार्यालय सात गते सम्मको लागि सिल गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।