Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कर्णालीमा ३२ जनामा संङक्रमण पुष्टि,२२ जना डिस्जार्च

दैलेख :  कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रतिष्ठान जुम्लामा १९ जना, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सात जना दैलेखमा पाँच र कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो
पुष्टि हुनेमध्य जिल्लागत आधारमा कालिकोटका आठ, जुम्लाका सात, दैलेखका ६, जाजरकोटका चार, सुर्खेतका एक र अन्य प्रदेशका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या पाँच हजार एकसय ७० पुगेको छ ।

error: Content is protected !!