Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दैलेखमा कोरोना संङक्रमित बढे,सुरक्षा सर्तकर्ता बढेन


दैलेख  :  कोरोनाको हटस्पट बनेर ग्रीनजोन जाँदै गरेको दैलेखमा केही दिनदेखि घटेको कोरोना संक्रमण दर पुन बढ्न थालेको छ। लक्षण सहितका बिरामीको सङ्ख्या बढ्दै गएपनि नागरिकहरुमा सुरक्षासर्तकर्ता भने कमजोर देखिएको छ ।
११ वटा स्थानीय तहको मुख्य केन्द्र मानिने दैलेख बजारमा चाड पर्व नजिकिएसँगै मानिसको बाक्लो भीडभाड हुँदा पनि स्वास्थ्य सावधानीका उपायहरू नअपनाइनुले पनि जिल्लामा कोरोनाले महामारीको रूप लिनसक्ने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा व्यापार व्यवसाय गरेर बसेका व्यवसायीलाई व्यवसाय गर्दा सरकारले तोको मापदण्ड अनुसार गर्ने निर्देशन गरेको भएपनि कोरोना सङ्क्रमणबाट बच्न प्रयोग गरिने मास्क लगायतका सुरक्षा सामाग्रीको कम प्रयोग गरिनु, र सामाजिक दुरीको ख्याल नहुनुले पनि जोखिम बढ्दै जाने देखिएको छ।
जिल्ला प्रशासन कार्यालय दैलेखले सबैखाले सुरक्षा व्यवस्था कडा पारी नागरिकको स्वास्थ्य सुरक्षामा लागिरहेको दावी गरेको भए पनि नागरिकनै सचेत नहुँदा समस्या पुन देखिएको प्रशासनले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार ११ वटा स्थानीय तह रहेको दैलेखमा शुक्रबार सम्म १२ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ। कर्णालीमा सबैभन्दा पहिले कोरोनाका बिरामी फेला परेको दैलेखमा हालसम्म चार जना संक्रमितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले सबै भन्दा बढि नारायण नगरपालिकामा सबैभन्दा धेरै ४३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

उनले जसमध्ये ३७६ जना डिस्चार्ज भएका छन्। दुल्लु नगरपालिकामा १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये १५३ जना डिस्चार्ज भएका छन्। यस्तै, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा शुक्रवारसम्म २४ जनामा सङ्क्रमण देखिएको छ भने २३ जना डिस्चार्ज भएका छन्। आठबीस नगरपालिकामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबै डिस्चार्ज भएका छन । ठाटिकाध गाउँपालिकामा २५ जनामा कोरोना देखिएकोमा सम्पूर्ण डिस्चार्ज भैसकेको भएपनि पुन गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाही र अनेरास्ववियुका जिल्ला सह –सयोजक हेमन्त दशौदीलाई भने कोरोना संङक्रमण देखिएको छ । ३३ जना कोरोना सङ्क्रमित रहेका भैरवी गाउँपालिकामा २४ जना डिस्चार्ज भएका छन्। १९१ जनामा सङ्क्रमित देखिएको महाबुु गाउँपालिकामा १ सय ९० जना डिस्चार्ज भएका छन्।

नौमुले गाउँपालिकामा शुक्रवारसम्म कोरोना पुष्टि भएका सबै १५१ जना डिस्चार्ज भैसकेका छन्। १६ जना सङ्क्रमित देखिएको भगवतीमाई गाउँपालिकामा सबै डिस्चार्ज भैसकेका स्वास्थ्यको विवरणका उल्लेख छ। ७८ जना कोरोनाका बिरामी रहेको डुंगेश्वर गाउँपालिकामा शुक्रवारसम्म ७७ जना डिस्चार्ज भएका छन् भने २५ जना कोरोना सङ्क्रमित रहेको गुराँस गाउँपालिकामा १३ जना डिस्चार्ज भएका छन्। जिल्लामा शुक्रबारसम्म कोरोना पुष्टि भएका १२ सय ३ जना मध्ये ११ सय १४ जना डिस्चार्ज भएका छन्।