Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

नेकपा कर्णाली प्रदेश पदाधिकारीले भेटे प्रधानमन्त्रीलाई


काठमाण्डौँ  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राम्रो काम गर्न नसकेको र नेकपाकै शिर निहुरीने काम गरेको भन्दै नेकपाका १८ जना प्रदेश सांसदले दलको नेता बिरुद्ध अविश्वासको प्रस्ताव पार्टीका सचेतकलाई बmुभाए पछि उत्पन्न भएको विवाद समधान गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायतका अन्यलाई काठमाण्डौ बोलाइएको थियो ।
तीन दिन अघि काठमाडौं आइपुग्नुभएका पदाधिकारीहरुसँग व्यस्तताकाबीच प्रधानमन्त्री ओलीले आज शनिबार छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहित संगै राखेर बैठक गर्ने भनिएको भएपनि प्रचण्ड बैठकमा अनुपस्थित भएका छन । कर्णालीका पदाधिकारीहरुसँग संयुक्तरुपमा छलफल गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई बैठकका लागि खवर गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । उनले सयुक्त बैठकमा आफू सहभागी नहुने खवर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाउनुभएको उनले जानकारी दिए ।
यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरिसकेका छन । कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।
अविस्वासको प्रस्तावका मुख्य प्रस्तावक प्रदेश सभा सांसद यमलाल कँडेलले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताए । उनले प्रधानमन्त्रीसहित महासचिव विष्णुप्रसाद पौडेलसँग छलफल भएको जानकारी दिए । उनले भने पार्टीले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफूहरुले धारणा राख्ने काम भइरहेको छ धारणा राख्नेक्रम नसकिएको बताए ।

error: Content is protected !!