Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस मनाइयो

दैलेख  :  नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस दैलेखमा पनि मनाइएको छ । जिल्ला प्रहरीका कार्यालय दैलेखको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेर प्रहरी दिवस मनाइएको हो ।
६५ प्रहरी दिवसको अवसरमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले प्रहरीले गरेका कामको पं्रशसा गर्दा अझै जनमुखी सेवा दिनु पर्ने बताएका छन । उनले प्रहरीले दिने सेवालाई जनमुखी र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले प्रहरीले आफ्ना काम कर्तव्य जिम्मेवारीका साथ निभएको बताउदै अझै राम्रो गर्ने बताए ।६५ औँ प्रहरी दिवसको अवसरमा प्रहरीको विभिन्न पदमा बसेका प्रहरीहरु,प्रहरीचौकी स्थापना गर्न जग्गा दान दिने जग्गादाता,सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । प्रहरी दिवसकै अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले प्रहरीले दिने सेवालाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत विभिन्न निकाय संग छलफल गरेका थिए ।

 तस्बिर प्रहरी निरक्षक उपेन्द्र आर्चायको फेसवुकवाल बाट