Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

घरायसी विवादमा भाइले गरे दाईको हत्या


सल्यान :  सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर जुगेन्द्रमा २० वर्षीय भाइ गेदलाल पुनले बिहीबार आफ्नै २४ वर्षीय दाइ अमरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

घर झगडा हुँदा दाउराले हिर्काएर भाइले दाइको हत्या गरेका प्रहरीले जनाएको छ। घटना बिहीबार बेलुका ८ बजेको घटना भए पनि प्रहरीलाई शुक्रबार १२ बजे मात्र जानकारी आएको प्रहरी प्रमुख गोविन्द थापा क्षेत्रीले जानकारी दिए।

साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अवस्थामा शुक्रबार मात्र भेटिएको बताए। घटना भएको स्थान गाउँदेखि टाढा भएकाले ढिलो गरी जानकारी प्राप्त उनको भनाइ छ। हत्या गर्ने भाइ भने फरार छन्।