Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कुल सङ्क्रमितको संख्या एकलाख २६ हजार १३७ पुग्यो

थपीए चार हजार ३९२ सङ्क्रमित,

काठमाडौं :  नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ पुगेको छ ।
हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।