Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

वीरेन्द्रनगरका ३३ जनामा डेंगुको संक्रमण


सुर्खेत :  कोरोना महामारीले आक्रान्त पारिरहेको बेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।
दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा लामखुट्ट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण देखिएको हो । चालु आर्थिक बर्षको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएका सबै नागरिक वीरेन्द्रनगरका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिए ।

उनकाअनुसार गत आर्थिक बर्षमा सुर्खेतका एक सय जनामा डेंगुको संक्रमण देखिएको उनको भनाई छ । चिसोको समय सुरु हुञ्जेल सम्म संक्रमण देखिने भन्दै उनले सचेत रहन तथा आफ्नो क्षेत्र वरीपरि सरसफाई गर्न आग्रह गरेका छन् ।

error: Content is protected !!