Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

दिवस वारे जानकार छैनन् ग्रामिण भेगका महिलाहरु

दैलेख :  अक्टोवर १५ तारिकमा मनाईने अन्तराष्ट्रिय ग्रामिण दिवसका बारेमा ग्रामिण क्षेत्रका महिलाहरुनै अनबिज्ञ हुने गरेका छन । घरभित्र सीमित चुलो चौको र मेलापातमा सीमित रहने ग्रामीण महिलाहरूलाई सशक्तीकरणको माध्यम बाट समाजका महत्त्वपूर्ण भूमिका र जिम्मेवारीमा पु¥याउन लक्ष्यका साथ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउने गरे पनि दिवस प्रभावकारी हुन नसक्दा ग्रामीण महिला नै दिवसका बारेमा अनविज्ञ हुनुपरेको हो ।

संविधानले दिएको अधिकारका विषयमा बहुसङ्ख्यक महिला आजसम्म पनि जानकार देखिँदैनन् । त्यसमा ग्रामीण महिलाहरू झनै पछाडि छन् । संविधानले दिएको अधिकार शिक्षित, पढेलेखेका, बाठाटाँठा र सुगमका सीमित महिला बाहेक सोझा र ग्रामीण महिलाहरूले उपभोग गर्न नपाएका महिलाअधिकारकर्मीहरुले बताउँछन् ।

महिला अधिकारकर्मी सुनिता चन्दले महिलाहरूलाई पारिवारिक बन्धन पश्चात् घर बाहिर निस्कन नपाउने र घरकै चुलो चुकोमा सीमित राखेका कारण ग्रामणि महिलाहरू आफ्ना अधिकारका बारेमा समेत जानकारी नपाउने अवस्थामा रहेको बताईन । उनले विभिन्न सरकारी निकाय तथा गैर सरकारी निकाय बाट महिला सशक्तीकरणका नाममा धेरै कार्यक्रम सञ्चालन भए पनि त्यसले खास्सै परिवर्तन गर्न नसकेको बताए । उनले भनिन श्रीमतीले आफ्नो पाठेघरको समस्या हुँदा समेत श्रीमानलाई भन्नु लाज मानेर पिडा खेपेर बसेको अवस्था छ । तर पछिल्लो समय केही परिवर्तन भएर आफ्ना समस्या राख्ने समेत भएका छन् । महिलाहरु आफै बोल्न सक्ने समेत भएका छन ।

अधिकारकर्मी राधा मल्लले घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पु¥याउने पवित्र भावनाले ग्रामिण महिला दिवस मनाइएको भए पनि सदरमुकाम केन्द्रित हुने कार्यक्रमले गाउँका महिलाहरू सधैँ अनविज्ञ हुने गरेको बताईन ।