Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

उखुबारीमा बालिकालाई बलात्कारपछि हत्या गर्ने एक पक्राउ

सर्लाही । एक १४ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने एक जनालाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर र रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलिले गरुडा नपा– ४ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बृन्दावन नगरपालिका– ४ हर्दिया पल्टुवाका ४५ वर्षिय चुनु साह तेली रहेका छन् । उनलाई बिहीवार गोप्य सूचनाको आधारमा गरुडा नपा– ४ स्थित लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

साहले गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिका– ४ स्थित रहेको उखुबारीमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेका थिए ।

रौतहटको गढीमाइ नगरपालिका–१ समनपुर घर भइ बृन्दावन नगरपालिका– ४ हर्दिया पलटुवा स्थित मामाघरमा बस्दै आएकी सन्जा कुमारीको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला परेको थियो ।

जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रवक्ता एवं सूचना अधिकारी एसपी कृष्ण प्रसाइले बताए ।

error: Content is protected !!