Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षामा बञ्‍चित नगर्न सर्वोच्चको आदेश

काठमाडौं  :  सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको छ। मानवअधिकार रक्षक सञ्‍जालका शैलेन्द्र गुप्ताले लोकसेवा आयोग अनामनगर विरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो।

ुकोभिड–१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भन्‍ने लोकसेवा आयोगको स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउनु सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ।