Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दशैं तिहारलाई लक्षित ४८ हजार प्रहरी परिचालन गर्ने तयारी


काठमाण्डौ  : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुने भएका हुन् ।

दशैं तिहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ जना । प्रदेश नं १ बिराटनगरले सात हजार ९२२ जना प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले सात हजार ३९० जना गण्डकी प्रहरी कार्यालय पोखराले पाँच हजार ३०३ जना लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५० जना कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।

नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले बताए ।