Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्मचारीमा कोरोना संङक्रमण देखिए पछि नारायण नगरपालिका एक हप्ता सिल

दैलेख  :  नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संङक्रमण देखिएपछि बुधवार बाट एक हप्ताका लागि नगरपालिका र नगरपालिकाका ११ वटा वडा कार्यालय सिल गरिएको छ । नारायण नगरपालिकाले एक विज्ञप्ति जारी गर्दे कर्मचारीमा कोरोना संङक्रमण पुष्टि भएपछि नागरिकको सुरक्षाका लागि कार्यालय बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ । स्थानीय बासिन्दाहरूलाई सुरक्षा सतर्कता अपनाउन सुझाव दिइएको छ । २७ गते दैलेख सदरमुकाममा गरिएका पिसिआरमा स्वास्थ्य सेवा कार्यालयमा कार्यरत डाक्टर सहित २३ जनामा कोरोना संङक्रमण पुष्टि भए सँगै पुन दैलेखमा कोरोना संङक्रमण बढेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

दसैँ तिहार चाडबाड नजिकिए सँगै बजारमा भिडभाड बढेपछि स्वास्थ्य सेवा कार्यालयले नगरपालिका भित्रै बसोबास गर्ने, व्यापारी, विभिन्न बैङ्कका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूमा कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले सङ्क्रमितहरूको संख्या एकाएक बढे पनि सुरक्षा सतर्कता भने नअपनाइएको बताए । उनले सदरमुकाम दैलेख बजारमा दिनहुँ हजारौँको ओहोरदोहोर हुने गरेको छ । न सामाजिक दुरी कायम छ । न त मास्क नै प्रयोग गरिएको छ यसले ठुलो भवाभह अवस्था सिर्जना हुने अवस्था आएकाले सबै सजग रहन आग्रह गरेका छन ।

दैलेखमा हालसम्म १ हजार १ सय २ जनामा कोरोना सङ्क्रमण देखिएका मध्ये ९३ जना विभिन्न आइसुलेसन र होम आइसलेसनमा रहेका छन् । बाँकी सन्चो भएर घर फर्किसकेका छन् । हालसम्म यस जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ४ पुगेको छ ।