Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

उच्च अदालतका ८४ न्याधिसको सुरुवा

काठमाडौँ  : न्याय परिषद्ले उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको परिषद्को बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो दुई वर्षभन्दा बढी एकै अदालतमा कार्यरत तथा केही काज मिलान हुने गरी न्यायाधीश सरुवा भएको छ । साउनको दोस्रो सातासम्म नै उच्च अदालतका न्यायाधीश सरुवाको परम्परा भए पनि यो पटक कोरोना कहरका कारण ढिलाइ भएको हो । जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा पनि केही दिनअघि भएको थियो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीशको सरुवा नियमित प्रक्रिया अनुसार भएको जानकारी दिए । उनले अधिकांश एकै अदालतमा दुई वर्ष कार्यकाल पूरा गरेका न्यायाधीशका सरुवा गरेको र त्यसमा केहीमा भने व्यावहारिक पाटो पनि हेरिएको बताए ।

error: Content is protected !!