Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

नेपालभर तीन हजार ५५६ जनामा कोरोना संङक्रमण पुष्टि

संङक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुग्यो

काठमाडौँ  : नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १५ हजार ३५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५०३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७८ हजार ७८० सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

error: Content is protected !!