Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दुल्लु नगरपालिकामा बहु बिवाह गर्ने जोडि पक्राउ


दैलेख  :  बहु विवाह गर्ने एक जोडिलाई पक्राउ गरिएको छ । जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं १३ बस्ने बर्ष २८ को दल बहादुर बि.क.र २८ वर्षिया साबित्री बि.क.लाई पक्राउ गरिएको हो ।

प्रहरीले बिवाह सम्बन्धी कसुर बहुबिवाह गरी घरबाट भागी गएको जाहेरी दरखास्तको सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटिएको टोलीले दुल्लु नगरपालिका वडा नं १३ स्थित लुकिछिपी बसि रहेको अवस्थामा निज दुबै जनालाई फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत दैलेखमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार थप अनुसन्धानका लागि प्रहरी कार्यालयको हिरामतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।