Loading... आजः शनिबार, माघ १०, २०७७
Trending

मिनि वसपार्कमा नागरिक साहयता कक्ष स्थापना

दैलेख ः मिनि वसपार्क रुपमा रहेको नयाँ बजार स्थीत जिल्ला अदालत पछाडी नागरिक साहयता कक्ष स्थापना गरिएको छ । दशै तिहारलाई लक्षित गरी नागरिक साहयता कक्ष स्थापना गरिएको बताइएको छ
कोरोना भाइरसको संङक्रमण जोखिमको बेला नागरिकहरुलाई सरकारले तोको मापदण्ड अनुसार यात्रा सहज रुपमा गर्नका लागि नागरिक साहयता कक्ष जिल्ला ट्राफिक कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालयको समन्वयमा स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अनुपम श्रेष्ठले कोरोना महामारीको बेला सबै नागरिक सचेत हुनु पर्ने भएपनि नागरिकले यात्रा गर्दा तछाड मछाड गर्ने बिगतको परमपरा लाई तोेड्न र नागरिकको यात्रालाई सहज बनाउन नागरिक साहयता कक्ष स्थापना गरिएको बताउनुभयो । उहाँले नागरिक साहयता कक्षमा प्रहरीले ड्युटि गर्ने र ट्राफिक कार्यालय दैलेखले सवारी चाकलाई अनुरोध नामक पत्र दिने काम सुरु गरिएको बताए ।

error: Content is protected !!