Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपाल भर कोरोना संङक्रमितको संख्या ९० हजार ८१४ पुग्यो

काठमाडौँ  :  नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गर्दा एक हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङका क्रममा थप एक हजार ५५१ जना सङ्क्रमित सहित ९० हजार ८१४ पुग्यो एक हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

नेपाल भर २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छन । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । । हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।